
१ फागुन, काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीका नवनिर्वाचित पदाधिकारीले शपथ लिएका छन् ।
काठमाडौंमा भएको प्रथम महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीले शपथ लिएका हुन् ।
पार्टी अध्यक्षमा निर्वाचित भएका अध्यक्ष डा. बाबुराम भट्टराईलाई निर्वाचन अधिकृतले शपथ गराएका थिए । त्यसलगत्तै पार्टी अध्यक्ष भट्टराईले निर्वाचित पदाधिकारीलाई शपथ गराएका थिए ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराईले ७६१ मत ल्याएर निर्वाचित भएका थिए । उनका प्रतिद्वन्द्वी नेत्र चापागाईंले जम्मा ७३ मत पाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4