+
+
Shares

सूचीकृत होटलहरूको आम्दानी र नाफा बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन २ गते ९:०६

२ फागुन, काठमाडौं । सेयर बजारमा सूचीकृत होटल तथा पर्यटन सेक्टरका ६ कम्पनीको आम्दानीसँगै नाफा बढेको छ । सूचीकृत ६ कम्पनीको औसत नाफा ११.३० प्रतिशत बढेको हो ।

सार्वजनिक दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार यी ६ कम्पनीको औसत नाफा ४८ करोड ३६ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा यी कम्पनीको खुद नाफा ४३ करोड ४५ लाख रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा सिटी होटल १० करोड ४९ लाख रुपैयाँ नोक्सानीमा छ भने बाँकी ५ वटा तारागाउँ रिजेन्सी, ओरियन्टल, सोल्टी होटल, चन्द्रागिरि हिल्स र कालिन्चोक दर्शन नाफामा छन् ।

र्‍याडिसन होटल सञ्चालन गर्दै आएको ओरियन्टल होटलको नाफा ४६ प्रतिशत घटेको छ भने सोल्टी होटलको १४ प्रतिशत बढेको छ । हायात होटल सञ्चालन गर्दै आएको तारागाउँ रिजेन्सीको २.८ र चन्द्रागिरि हिल्सको ५.७ प्रतिशत नाफा बढेको छ ।

पहिले नोक्सानीमा रहेको कालिन्चोक दर्शन अहिले नाफामा गएको छ । चन्द्रागिरि र कालिन्चोकको मुख्य आम्दानी केबुलकार सेवा शुल्क हो ।

यी ६ कम्पनीको कुल आम्दानी बढेको छ । चालु आर्थिक वर्षको ६ महिनामा कुल ३ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरेका छन् । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो आम्दानी २ अर्ब ९५ करोड रुपैयाँ थियो । यहीं आम्दानी वृद्धिका कारण नाफामा प्रभाव देखिएको हो ।

कालिन्चोक दर्शनको आम्दानी ५९ प्रतिशत बढेको छ । तारागाउँ रिजेन्सीको ८.८ तथा सोल्टीको १६ प्रतिशत आम्दानी बढेको छ । सिटीको २.९, ओरियन्टलको १२.२ र चन्द्रागिरिको ७.६ प्रतिशत आम्दानी घटेको छ । सोल्टी होटलको अंकित सेयर मूल्य १० रुपैयाँ हो भने अरुको १०० रुपैयाँ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?