 
																			४ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।
आइतबार प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै माओवादी सांसद दुर्गा राईले यस्तो माग गरेकी हुन् ।
‘हजार रोपनी भन्दा बढी त्रिविको जग्गा छानबिन समितिको रिपोर्ट गायब भएको भन्ने के हो ? यसबारे संसद्मा सरकारले जवाफ दियोस्,’ उनले भनिन् ।
सरकारले त्रिविको जग्गाको प्रयोग विषयमा छानबिन समिति नै बनाएर अध्ययन गरेको छ ।
जग्गा खोजबिन समितिले अध्ययन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइसकेको छ । तर, सार्वजनिक नगरिएको भनेर माओवादी सांसद राईले सार्वजनिक गर्न माग गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4