+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
69/4 (11.4)
Shares

केबुलकारको पक्षमा बोलेको भन्दै धरानमा एक युवालाई मोसो र दुर्व्यवहार

प्रहरीका अनुसार चेन्जीलाई धरान उपमहानगरपालिका–९ रहेको एक होटलबाहिर कालोमोसो दलिएको हो । उनी कार्यक्रमका लागि भनेर धरान आएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ४ गते १४:४८

४ फागुन, विराटनगर  । ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरामा केबुलकार निर्माणको विरोध गर्दै आएको समूहले धरानमा एक जनालाई मोसो दलेको छ ।

केबुलकारको पक्षमा बोलेको भन्दै विरोधमा रहेको समूहले आइतबार दिउँसो ताप्लेजुङबाट धरान आएका पदम चेन्जी माबोलाई दुर्व्यवहार गर्दै मोसो दलेको हो ।

प्रहरीका अनुसार चेन्जीलाई धरान उपमहानगरपालिका–९ रहेको एक होटलबाहिर मोसो दलिएको हो । उनी कार्यक्रमका लागि भनेर धरान आएका थिए ।

पहिचान पक्षधरले दुर्व्यवहार गरेपछि प्रहरीले उनलाई सुरक्षाका लागि इलाका प्रहरी कार्यालय धरानमा पुर्‍याएको छ ।

पहिचान पक्षधर नेता अमर इजम लिम्बुका अनुसार याक्थुङ चुम्लुङको कार्यक्रमका लागि चेन्जी आएका बेला पहिचान पक्षधर युवाहरुले मोसो दलेका हुन् ।

‘मुकुम्लुङमा नो केबुलकार पक्षलाई फेसबुकमा  गाली गरेको थियो, त्यहीँ माफी मगाएको,’उनले भने,‘ केटाहरुले मोसो दलेछन्, त्यसो नगरौ है भनेर सम्झाए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?