+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

बीमा प्राधिकरण अध्यक्षका लागि ५ जनाको संक्षिप्त सूची सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ५ गते ७:३९

५ फागुन, काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन दिएकाहरुमध्ये पाँच जना संक्षिप्त सूचीमा परेका छन् ।

अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझाको नाम संक्षिप्त सूचीमा राखेर सार्वजनिक गरेको हो ।

आवेदकमध्ये रेग्मी बीमा प्राधिकरणकै कार्यकारी निर्देशक हुन् भने चापागाईं प्राधिकरणका पूर्वअध्यक्ष हुन् । बसौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक र पुडासैनी पूर्वराजस्व सचिव हुन् । हाल उनी कृषि विकास बैंकका अध्यक्ष छन् । ओझा पत्रकार हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै प्राधिकरणमा अध्यक्ष पद रिक्त भएपछि सिफारिस समितिले २६ पुसमा १५ दिनको समयावधि राखेर अध्यक्ष पदमा आवेदन माग गरेको थियो ।

त्यसका लागि डा. देवराज रोका, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, डिमप्रसाद पौडेल, विक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठले आवेदन दिएका थिए । तर उनीहरु संक्षिप्त सूचीमा अटाएनन् ।

संक्षिप्त सूचीमा परेकाहरुलाई अब समितिले प्रस्तुतिकरण र अन्तर्वार्ता लिने छ । प्रस्तुतिकरण र अन्तर्वार्ता अर्थ मन्त्रालयमा फागुन १० गते दिउँसो २ बजे तोकिएको छ ।

त्यसपछि संक्षिप्त सूचीमा परेका पाँच जनामध्येबाट तीनजनाको नाम समितिले सिफारिस गर्नेछ । ती तीन जनामध्ये एकजनालाई मन्त्रिपरिषद्ले बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष नियुक्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?