 
																			५ फागुन, काठमाडौं । दक्षिण कोरियाले चिनियाँ कम्पनी डीपसीकको एआई च्याटबोट डाउनलोड गर्न प्रतिबन्ध लगाएको छ।
सरकारी एजेन्सीका अनुसार यो एआई मोडेल दक्षिण कोरियाका मानिसहरूका लागि त्यतिबेला मात्र उपलब्ध हुनेछ जब उक्त कम्पनीले देशको व्यक्तिगत डाटा संरक्षण कानुनको पालना सुनिश्चित गर्नेछ ।
बीबीसीका अनुसार पछिल्लो हप्ता डीपसीक दक्षिण कोरियामा निकै चर्चित बनेको थियो। एप स्टोरबाट लाखौंले यसलाई डाउनलोड गरिसकेका छन्।
डीपसीक लोकप्रिय भएलगत्तै यो धेरै देशहरूमा अनुसन्धानको दायरामा परेको छ। गोपनीयता र राष्ट्रिय सुरक्षासम्बन्धी चिन्तालाई देखाउँदै विभिन्न स्थानहरूमा यस एपमा प्रतिबन्ध लगाइँदैछ।
यसअघि नै दक्षिण कोरियामा एप डाउनलोड गरिसकेकाहरूले आफ्नो फोनबाट यसलाई प्रयोग गर्न सक्नेछन् । अब एप डाउनलोड गर्न नपाइने भए पनि डीपसीकको वेबसाइटमा गएर यसको प्रयोग भने जारी राख्न सक्नेछन्।
 
                









 
             
                             
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                .jpeg) 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4