+
+
Shares

गायक कुमा सागरलाई गिज्याउने कमेडियनलाई कार्वाही नभएको भन्दै प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ८ गते १४:३९

काठमाडौँ । गायक कुमा सागरलाई गिज्याउनेमाथि कारबाही नभएको भन्दै सम्पदा संरक्षण महाअभियानले बिहीबार प्रदर्शन गरेको छ । भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंस्थित नेवार समुदायका व्यक्तिहरूले प्रदर्शन गरेका हुन् ।

फागुन ५ मा उनीहरूले कमेडियन सजन श्रेष्ठ, उत्सव सापकोटा, पडकास्टर सुशान्त प्रधान र गायक सुजन जिम्बाविरुद्ध उजुरी दिएका थिए । उजुरीमा नेवारी संस्कृति र परम्परालाई आँच आउने भाषाको प्रयोग गरिएकाले कार्वाहीको माग गरिएको थियो ।

श्रेष्ठले चलाएको पडकास्टमा अतिथि बनेर पुगेका अन्यले गीत गाउँदै गायक सागरलाई कटाक्ष गरेका थिए । अहिले उक्त भिडियो युट्युबबाट हटाइएको छ भने सजनले माफी समेत मागेका छन् ।

यस्तोमा, निवेदन दिएको ४८ घण्टा बितिसक्दा पनि कार्वाही नगरेको भन्दै प्रदर्शन गरिएको हो । ‘हाम्रो मातृभाषाको लवजलाई अश्लील तथा हेय भावले प्रस्तुत गर्दै सामाजिक सद्भावमा खलल पुर्‍याउनेहरूलाई अहिलेसम्म पक्राउ नगरेको हुँदा पक्राउ गराउनको लागि दबाब दिएका हौँ,’ प्रदर्शनमा सहभागी एकले भने ।

प्रहरीले भने दुबै पक्षलाई राखेर छलफल चलाउने बताएको छ । चारैजना आफूहरूको सम्पर्कमा रहेको र छलफलको लागि दुबैजनालाई बोलाएर शुक्रबार छलफल गरिने काठमाडौं प्रहरी परिसरका प्रवक्ता अपिल बोहराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?