+
+
Shares

हलिउडको साग अवार्डमा चम्किए स्टार (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १२ गते १४:०९
साग रेडकार्पेटमा जोय साल्दाना ।

काठमाडौं । नयाँ पोपको चुनावबारेको फिल्म ‘कन्क्लेभ’ले ३१ औं स्क्रिन एक्टर्स गिल्ड अवार्डमा उत्कृष्ट फिल्मको पुरस्कार जितेको छ । सोमबार बिहान हलिउडमा प्रतिष्ठित अवार्ड वितरण गरियो ।

जापानको शत्रुताबारेको कथामा बनेको ‘शोगुन’ र ‘ओन्ली मर्डर्स इन द बिल्डिंग’जस्ता श्रृंखलाले ड्रामा र कमेडी विधामा टेलिभिजन पुरस्कार जिते । ‘कन्क्लेभ’ बाफ्टा अवार्डमा समेत उत्कृष्ट भएको थियो ।

‘द सब्सटेन्स’बाट डेमी मूर उत्कृष्ट अभिनेत्री घोषित भइन् । ‘अ कम्प्लिट अननन्’बाट तिमोथी चालमेट उत्कृष्ट अभिनेता घोषित भए । जोय साल्दानाले फिल्म ‘एमिलिया पेरेज’बाट सहअभिनेत्री विधामा अवार्ड जितिन् ।

‘द फल गाई’ उत्कृष्ट स्टन्ट विधाको फिल्म बन्यो । साग अवार्ड यसको रेडकार्पेट र सेलेब्रिटीको उपस्थितीलाई लिएर पनि चर्चामा हुने गर्छ । यस संस्करणमा पनि रेडकार्पेटअघि सेलेना गोमेज, मिली बबी ब्राउन, मिकी म्याडिसन लगायतका कलाकार रेडकार्पेटमा चम्किए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?