+
+
Shares

भूमि अध्यादेश फिर्ता नभए जनआन्दोलनको बाटो पक्रन्छौं : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १६ गते १६:५४
फाइल तस्वीर

१६ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सांसदहरू खरिदब्रिकी गरेर भूमि अध्यादेश फिर्ता गराउनेतिर सरकार गएको खण्डमा आफूहरू जनतातिर फर्कने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित अध्यादेशबारे विज्ञसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

‘सरकारले यो अध्यादेश (भूमि) फिर्ता लिओस् । हैन सांसद खरिद बिक्री गरेर यो पास गराउँछ भने हामी जनताकोमा जान्छौं, र जनआन्दोलनको बाटो पक्रन्छौं, यो स्पष्ट भए हुन्छ,’ उनले भने ।

साथै, उनले सुकुमवासीको समस्या पहिचान गरेर सधैंका लागि समस्या समाधान गर्नुपर्ने बताए ।

‘धेरैवटा अध्यादेश विगतमा सरकारले फिर्ता लिएका छन् । सुकुमवासी भूमिहीनको पहिचान गरौं, समस्या समाधान कसरी गर्ने विज्ञ राखेर बहस गरौं, र वैज्ञानिक बाटो अपनाएर सधैंका लागि समस्या समाधान गरौं,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?