+
+
Shares

युवाबिहीन गाउँको दुःख झल्काउने, ‘पुर्कोटैमा चल्यो बतास’

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन १९ गते ८:५०

१९ फागुन, काठमाडौं । यतिबेला गाउँ युवाबिहीन अवस्थामा छ । हरेकजसो परिवारबाट कोही न कोही विदेशिएका छन् । परिवार खण्डित छ । घरमा ज्येष्ठ नागरिक मात्रै रहने हुँदा बिरामी परेका बेला अस्पताल लैजाने व्यक्तिसमेत नहुने अवस्था छ ।

गुल्मीका कलम यात्रीले यस्तै विषय समेटेर गीत निकालेका छन् । गुल्मी पुर्कोटका कमलले गाउँकै गायिका भुरुङसँगै मिलेर ‘पुर्कोटैमा चल्यो बतास’ बोलको गीत ल्याएका हुन् ।

गीतका शब्द र त्यसलाई दृश्यमा उतार्न प्रयोग गरिएका पात्र, परिवेश, स्थान र भूमिका मौलिक छन् । छोरा विदेशिएपछि बुहारीले नातिनातिना च्याँपेर सहर बजारमा झरेका, गाउँको घरमा बिरामी बाबाआमाको स्याहार गर्ने कोही नभएका यथार्थलाई गीतका शब्द र दृश्यमा उतारेका छन् ।

गीतमार्फत समर्पण, मेहनत र आत्मनिर्भरता जस्ता महत्वपूर्ण विषयहरूमा प्रकाश पार्ने कोसिस गरिएको यात्रीले बताए । यस गीतले नेपाली संगीत र संस्कृतिको संरक्षणमा ठूलो योगदान पुर्‍याउने सर्जक यात्रीको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?