 
																						२३ फागुन, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रौतहटको गरुडा नगरपालिकामा सञ्चालित निजी अस्पताल अनुगमन गरेका छन् । अनुगमनका क्रममा १० अस्पताल नियम विपरीत सञ्चालन भइरहेको पाइएको छ ।
गरुडा नगरपालिका वडा नम्बर ४ मा रहेका अरुण सिटी हस्पिटल प्रालि, अनामिका हस्पिटल प्रालि, नेत्रज्योति आँखा हस्पिटल प्रालि, गौर आँखा अस्पताल, गरुडा अस्पताल प्रालि, रोमा हस्पिटल प्रालि, होप हस्पिटल प्रालि, सनसिटी हस्पिटल प्रालि, सरस्वती हस्पिटल प्रालि तथा वडा नम्बर ५ स्थित आनन्द हस्पिटल प्रालि अवैध रूपमा सञ्चालनमा रहेको पाइएको मुख्यमन्त्री सिंहको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री सिंहले कानुन विपरीत सञ्चालित अस्पतालहरू बन्द गरी आवश्यक प्रक्रिया पूरा गरेर मात्र सेवा सञ्चालन गर्न निर्देशन दिएको मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिल कुमार कर्णले जानकारी दिए ।
कर्णका अनुसार यी अस्पतालले सेवा सञ्चालनका लागि आवश्यक अनुमति लिएका थिएनन् । केहीले अनुमति लिए पनि चार–पाँच वर्षदेखि नवीकरण नगरेको पाइएको छ । त्यस्तै, केही अस्पतालले स्थानीय तहबाटै तोकिएको भन्दा बढी शय्या अनुमति लिएको देखिएको छ, जुन कानुनअनुसार अवैध मानिन्छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4