 
																			३ चैत, विराटनगर । कोशी राजमार्गको मोरङको बूढीगंगा खण्डमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार शनिबार राति कोशी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी वायरअगाडि मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चालक २४ वर्षीय आशिष राईको मृत्यु भएको हो ।
दुर्घटना गम्भीर घाइते राईलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।
मृतक चालक उदयपुरको पञ्चावती घर भइ मोरङको बूढीगंगा–२ मा बस्दै आएका थिए । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ । एम्बुलेन्स कता जाँदै थियो भन्ने खुलेको छैन । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4