 
																			५ चैत, काठमाडौं । आरआर क्याम्पस अगाडि विद्यार्थीहरूले विरोध स्वरुप मतदान गरेका छन् ।
एमाले निकट विद्यार्थी संगठनले अन्तिम समयमा ताला लगाएपछि चुनाव स्थगित भएको थियो ।
चुनाव गराउन माग राखेर सांकेतिक विरोध स्वरुप सडकमा नै मतपेटिका राखेर मतदान गरेको स्ववियुका उम्मेदवार समेत रहेका संगम राईले बताए । ‘हामीले क्याम्पस अगाडि सडकमा नमूना मत मेटिका बनाएर मत हाल्यौं । हाम्रो मागलाई सम्बोधन गर्न भनेका छौं । मतपेटिकाको सुरक्षा गर्न प्रहरी प्रशासनलाई भनेका छौं,’ उनले भने ।
आजका लागि तोकिएको चुनाव अनेरास्ववियुले ताला लगाएपछि स्थगित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4