+
+
Shares

तस्करीको भारतीय स्कर्पियोमा नेपाली नम्बर प्लेट, झापाबाट २ युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १२ गते ११:१९

१२ चैत, काठमाडौं । तस्करीको भारतीय नम्बर प्लेटको स्कर्पियोमा नेपाली नम्बर प्लेट हालेर चलाएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा मोरङको पथरी शनिश्चरे नगरपालिका-८ बस्ने २१ वर्षीय ईश्वरी भण्डारी र भारतको नक्सालवारी पञ्चायत घर बताउने ३५ वर्षीय निताई घोस छन् ।

दुवै जनालाई झापाको मेचिनगर नगरपालिका-६ स्थित काँकडभिट्टा बसपार्क इलाकाबाट सोमबार राति सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।

उनीहरुले नक्कली च्यासिस र नेपाली नम्बर प्लेट हालेर स्कर्पियो चलाएको आरोप छ । उनीहरुले भारतीय स्कारपियो गाडीलाई नेपाली च्यासिस र नम्बर प्लेट बनाएर ल्याउँदै गरेको अवस्थामा नं. २ गण झापा मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म काँकाडभिट्टाबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो ।

नेपालबाट पुरानो गाडी भारतीय शहर लगेर त्यहाँको नयाँ गाडिमा नेपाली च्यासिस र नम्बरप्लेट राखेर नेपाल ल्याउने गरेको सूचनाको आधारमा पछिल्लो दिनमा विशेष निगरानी गरिएको थियो ।

नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद गाडीको २५ लाख रुपैयाँ मूल्य कायम गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?