 
																						१५ चैत, काठमाडौँ । शुक्रबारको प्रदर्शनले संसद प्रभावित भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरू न्युन संख्यामा संसद भवन पुगेका छन् ।
‘विपक्षी दलका धेरै सांसद प्रदर्शनमा छन् । सत्तापक्षका सांसदले पनि संसद भवन पुग्न असहजता महसुस गरेका छन्’ एक प्रमुख सचेतक भन्छन्, ‘सभा चलाउन कोरमकै समस्या त हुन्न । तर, आज न्युन उपस्थिति छ ।’
सभाको बैठक चलाउन दुवै सदनमा एक चौथाइ सदस्य उपस्थित हुनुपर्छ । २७५ सदस्यीय प्रतिनिधि सभामा गणपूरक संख्या (कोरम)का लागि ६९ सांसद आवश्यक पर्छ ।
५९ सदस्यीय राष्ट्रिय सभामा कोरमका लागि १५ जना सांसद भए पुग्छ ।
संविधानको धारा ९४ मा गणपूरक संख्या सम्बन्धी व्यवस्था छ ।
जहाँ भनिएको छ, ‘यस संविधानमा अन्यथा लेखिएकोमा बाहेक संघीय संसदको कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत हुने छैन ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4