+
+
Shares

दीपक बोहोराको निधनमा सिद्धार्थनगर नगरपालिकामा भोलि शोक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १९ गते १७:५२

१९ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री दीपक बोहोराको निधनमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले बुधबार शोक बिदा दिएको छ ।

सांसद बोहोराको निधनले राष्ट्रप्रति समर्पित एक जनप्रतिनिधि गुमाएको भन्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै नगरपालिकाले शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना समेत प्रकट गरेको छ ।

शोक बिदाका दिन सिद्धार्थनगर नगरपालिका मातहतका वडा कार्यालय, आधारभूत स्वास्थ्य केन्द्र, सामुदायिक तथा  संस्थागत विद्यालयहरू बन्द रहने नगर प्रमुख इश्तियाक अहमद खाँले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विद्यालयमा सञ्चालन भइरहेको पूर्वनिर्धारित वार्षिक परीक्षाका कार्यक्रमहरू भने सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ ।

सांसद बोहोराको निधनमा मंगलबार बसेको प्रतिनिधि सभाको बैठकले शोक प्रस्ताव समेत पारित भएको छ ।

काठमाडौं चाबहिलस्थित ओम अस्पतालमा मंगलबार सांसद बोहोराको निधन भएको थियो ।

बोहोरा रुपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?