२१ चैत, काठमाडौं । बजारमा प्याजको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार प्याजको भाउ घटेको देखाएको हो ।
समितिले सार्वजनिक गरेको मूल्य सूची अनुसार आज बिहीबार प्याजको भाउ थोकमा किलोको ४९ रुपैयाँदेखि ४६ रुपैयाँ छ । बुधबार कालीमाटी बजारमा प्याज प्रतिकिलो ४९ रुपैयाँमा किनबेच भएको थियो । आज भने प्याजको भाउ ३ रुपैयाँ घटेको हो ।
दुई महिनाअघि बजारमा प्याज प्रतिकिलो ७८ देखि ८० रुपैयाँले कारोबार भइरहेको थियो ।
पछिल्लो समय प्याजको भाउ क्रमशः घट्दो क्रममा छ। अहिले भारतीय प्याजले बजार माग धानिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4