
२५ चैत, काठमाडौं । बुटवल पावरले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले विभिन्न आयोजनामा लगानीका लागि हकप्रद सेयर निष्कासन गर्न लागेको हो । साथै यसअघि कम्पनीले एफपीओ निष्कासनका लागि थालेको प्रक्रिया भने स्थगित गरेको छ ।
एफपीओ निष्कासन रद्द गरी हकप्रद निष्कासन गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ४० करोड ९० लाख रुपैयाँ बराबर छ । सोअनुसार कम्पनीले १ अर्ब ३६ करोड ३६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4