+
+
Shares
संगीत :

ब्रिसबेनमा गुञ्जिँदै कन्दराले भन्यो- घरमा नेपाली नै बोलौं

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २५ गते १७:१२

ब्रिसबेन (अस्ट्रेलिया) । लोकप्रिय नेपाली लोकपप ब्याण्ड ‘कन्दरा’ ब्रिसबेनमा गुञ्जिएको छ । नेपाल फेस्टिभल २०५ को वर्ल्ड टूरअन्तर्गत आइतबार राती कन्दराको कन्सर्ट भब्यरुपमा सम्पन्न भयो ।

आफ्ना प्रिय ब्याण्डलाई सुन्न दर्शक राती ९ बजेसम्म हजारौं दर्शक उपस्थित थिए । अचानक ‘चञ्चले कान्छीको जोवन’ गाउँदै ब्याण्डका सदस्य मञ्चमा प्रकट हुँदा उत्साह र हर्षले दर्शक उफ्रिन थालिसकेका थिए ।

साना केटाकेटीदेखि वृद्ध बाबुआमा, सम्पूर्ण परिवार सँगसँगै ‘तिमी पारी’, ‘तगारोमा रुमाल राखी’, ‘लेककी हे माया’, ‘हङकङ पोखरा’जस्ता प्रिय गीतको धुनमा दर्शक रमाइरहेका थिए ।

कार्यक्रमको सबैभन्दा भावुक क्षण त्यतिबेला आयो जब मुख्य गायक विवेक श्रेष्ठले आफ्नी ४ वर्षीया छोरीलाई मञ्चमा बोलाए । छोरीले ‘हङकङ पोखरा’को दुई हरफ लजाउँदै, डराउँदै गाउने प्रयास गर्दा, दर्शकको मन गह्रौं भयो ।

गायक श्रेष्ठले सम्पूर्ण प्रवासी अभिभावकलाई सम्बोधन गर्दै भने, ‘विदेशी भूमिमा हामीले आफ्ना सन्ततिलाई हस्तान्तरण गर्न सक्ने सबैभन्दा अमूल्य उपहार भनेकै भाषा हो, नेपाली भाषा । भाषा बाँच्छ भने साहित्य, कला र संस्कृति पनि बाँच्छ । त्यसैले घरमा नेपाली नै बोलौं र आफ्ना सन्तानलाई नेपाली गीतसङ्गीत, कला र संस्कृतिमा रमाउने वातावरण सिर्जना गरौं ।’

विवेकले यति बोलेपछि दर्शकदीर्घाबाट गडगडाहटपूर्ण तालीमा परिणत भयो । ब्रिसबेनको कार्यक्रमसँगै कन्दराले अस्ट्रेलियाको नेपाल फेस्टिभल यात्राको अन्तिम प्रस्तुति सम्पन्न गरेको छ । आउँदो आइतबार, अप्रिल १३ मा न्यू क्यासलस्थित नेपाली समुदायसँग नयाँ वर्ष मनाउने विशेष कार्यक्रम आयोजना हुने जानकारी दिइएको छ ।

यसपछि कन्दराको ‘वर्ल्ड टूर’ क्यानडा र अमेरिकातर्फ अगाडि बढ्दैछ । ‘नेपाली भाषा, संस्कृति र गीतसंगीतलाई विश्वका हरेक कुनामा पुर्‍याउने कन्दराको अभियान निरन्तर रहिरहनेछ’ विवेकले भने । ‘पहिला घरदेश अनि परदेश’ नारासहित कन्दरा यतिबेला विश्व टूरमा छ । बेलायतदेखि सुरु उसको टूर युएई, कतार, हङकङमा सम्पन्न भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?