+
+
Shares

‘पिताम्बर’को बक्स अफिसबारे के भन्छन् प्रदीप र दिब्या ?

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते १६:२७
'पिताम्बर'को पत्रकार सम्मेलन । फोटो : सुरेन्द्र थापा

काठमाडौं । कृषा चौलागाईं निर्देशित एक्सन ड्रामा ‘पिताम्बर’ शुक्रबारदेखि प्रदर्शन तयारीमा छ । प्रदर्शनको उल्टो गणना चलिरहँदा ‘कास्ट एण्ड क्रू’लाई अहिले प्रवर्धनको भ्याइनभ्याइ छ ।

फिल्मबारे जानकारी दिन मंगलबार पत्रकार सम्मेलन गरियो जहाँ निर्देशक र कलाकारले यसबारे चर्चा गरे । सवालजवाफको सुरुमै अभिनेता प्रदीप खड्कालाई ‘बक्सअफिस’ दृष्टिकोणबारे प्रश्न राखियो ।

उनले आफ्नो बचाऊ गर्दै २०८१ सालमा आफूले बक्सअफिसको दृष्टिकोणबाट काम नगरेको दावी गरे । उनले भने, ‘यो सालमा मैले बक्सअफिसको प्वाइन्ट अफ भ्यूबाट काम गरेको छैन । क्यारेक्टर मात्र काम गरेको छु ।’

प्रदीपको यसवर्षको फिल्म ‘पूजार सार्की’ बक्सअफिसमा ठीकठाक चल्यो भने ‘एक्टर टेक वन’ असफल रह्यो ।

यसवर्षको सफलता र असफलताभन्दा पनि आफूले पात्रको काम राम्रो सँग गरेँ कि गरिँन भन्ने कुराले अर्थ राख्ने खड्काले बताए । ‘पिताम्बरको बक्सअफिस मेरो लागि भन्दा पनि उद्योगलाई अर्थ राख्छ । मेरो लागि सस्टेन हुनु नै ठूलो सफलता हो’ उनले भने ।

अभिनेत्री दिब्या रायमाझीको ‘पिताम्बर’ दोस्रो फिल्म हुनेछ । प्रदीपको शीर्ष भूमिका रहेको ‘एक्टर : टेक वन’बाट यसवर्ष डेब्यु गरेकी दिब्यालाई पहिलो हिट फिल्म दिनुपर्ने चुनौती छ । किनभने, उनको डेब्यु फिल्म नै बक्सअफिसमा असफल रह्यो ।

उनलाई असफलताबारे सोधिएको थियो । उनले असफलताबाट सिकेर अघि बढ्ने बताउँदै भनिन्, ‘एक्टर टेक वनको जुन रिजल्ट आयो यसलाई म असफलता मान्दिन । यो सेटब्याकभन्दा पनि सिक्ने अवसर थियो । फेलियरबाट जे जे सिकेँ, त्यहाँबाट सिकेर सफलतातिर लाग्छु ।’

उनले ‘पिताम्बर’ले साढे ३ करोडको ओपनिङ गर्ने अनुमान गरिन् । अभिनेता सौगात मल्लका ४ फिल्म प्रदर्शन तयारीमा छन् । पिताम्बरसहित भाइरल गोर्खे, जन्ते बाख्रो र जार रिलिज हुँदैछन् । प्रदर्शनको ब्यस्तताबीच सौगातले ढिलोचाँडो भएपनि राम्रो फिल्मलाई दर्शकले हेर्ने बताए ।

अभिनेता दिब्यदेव पन्तले फिल्म जुध्दा तनाव हुने बताए । अभिनेता प्रमोद अग्रहरिले अभिनेताको रुपमा राम्रो क्यारेक्टर चित्रण गर्नु आफ्नो दायित्व हुने बताए । उनले चर्चामा आउने कुराको खण्डन गरे । अभिनेत्री सुपुष्पा भट्टले फिल्मले कति ओपनिङ गर्नेछ भन्दा पनि पछिसम्म हलमा चल्नु ठूलो कुरा रहेको बताइन् ।

अभिनेता अनुपविक्रम शाहीले पनि फिल्मलाई लिएर आफू आशावादी रहेको बताए । चौलागाईं निर्देशित ‘पिताम्बर’ले महिलामाथि हुने शोषण र बदलाको कथा भन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?