+
+
Shares

अमेरिकी भन्सार शुल्क बारे चिनियाँ राष्ट्रपति : एशियाली देशहरू मिलेर काम गर्नुपर्छ

राष्ट्रपति सीले अगाडि थपे, ‘एशियाली मुलुकहरूले मिलेर उज्यालो भविष्यको लागि काम गर्नुपर्छ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २७ गते १६:०९

२७ चैत, काठमाडौं । अमेरिकाले लगाएको १०४ प्रतिशत भन्सार शुल्कप्रति चीनका राष्ट्रपति सी जिनपिङले प्रतिक्रिया दिएका छन्।

राष्ट्रपति सीले भनेका अमेरिकाको भन्सार शुल्कको सामना गर्न चीनले आफ्ना छिमेकी राष्ट्रहरूसँग सम्बन्ध थप सुदृढ गर्न आवश्यक रहेको बताएका छन् ।

नयाँ अमेरिकी भन्सार शुल्क लागू भएपछि सीले यसबारे प्रतिक्रिया दिएको यो पहिलोपटक हो ।

उनले अगाडि थपे, ‘एशियाली मुलुकहरूले मिलेर उज्यालो भविष्यको लागि काम गर्नुपर्छ।’

चीनका राष्ट्रपतिको यो भनाइ दक्षिण–पूर्वी एशियाली राष्ट्रहरूको संगठन आसियानको पछिल्लो टिप्पणीसँग मेल खाने प्रकृतिको रहेको बीबीसीले जनाएको छ ।

आसियानले पनि आफ्ना सदस्य राष्ट्रहरूबीच आर्थिक सहकार्य बढाउन आह्वान गरेको थियो।

अमेरिकी भन्सार शुल्कको सबैभन्दा बढी असर भियतनाम, कम्बोडिया र इन्डोनेसियामा परेको छ।

यता, युरोपेली सङ्घ (ईयू) ले तनाव कम गर्न खोजेको छ । समूहका प्रमुख उर्सुला भन डेर लेयनले चिनियाँ प्रधानमन्त्री ली चियाङसँगको कुराकानीमा व्यापार द्वन्द्व बढाउन नहुने चेतावनी दिएकी छन् ।

उनले विश्व अर्थतन्त्रको स्थिरताका साथै ‘थप तीव्रता रोक्ने आवश्यकता’ मा जोड दिएकी छन् ।

चिनियाँ प्रधानमन्त्रीले भन डेर लेयनलाई ‘दिगो र स्वस्थ आर्थिक विकास कायम राख्न पूर्ण आत्मविश्वास छ’ भन्दै आफ्नो मुलुकले ‘आँधीबेहरीको सामना गर्न सक्ने’ बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?