 
																			३१ चैत, काठमाडौं । आज केही सागसब्जीको भाउ बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्य सूची अनुसार ईस्कुस, गाजर, टाटे सिमी, कुरिलो, हरियो खुर्सानी, गोलभेडालगायतको भाउ बढेको छ ।
आज स्कुस किलोमै २० रुपैयाँले बढेको छ । शनिबार ३५ रुपैयाँ किलोमा कारोबार भएको स्कुस आज बढेर ५५ पुगेको छ । यो ५७ प्रतिशतले बढेको हो ।
यस्तै, आज टाटे सिमीको मूल्य पनि अत्यधिक बढेको छ । शनिबार किलोको ६५ रुपैयाँ रहेको यो सिमीको मूल्य आज ८५ रुपैयाँ तोकिएको छ ।
हरियो खुर्सानी (माछे) पनि आज धेरै मूल्य बढ्नेमा छ । शनिबार ६५ रुपैयाँ रहेको यो खुर्सानी आज किलोमै ३० रुपैयाँले बढेर ९५ मा कारोबार भएको छ ।
आज कुरिलो किलोको ४३३ बाट बढेर ४६६ रुपैयाँ, गोलभेडा सानो (लोकल) १७ रुपैयाँ ६७ पैसाबाट बढेर २२ रुपैयाँ ६७ पैसा र लोकल गाजार २५ बाट ३५ रुपैयाँ किलोमा कारोबार भएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4