+
+
Shares

अझै बढ्यो सुनको भाउ, तोलाको कति ?

आज आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३१ गते ११:०५

३१ चैत, काठमाडौं । बहुमूल्य पहेँलो धातु सुनको भाउ फेरि उकालो लागेको छ । आज आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको हो ।

आइतबार सुन तोलामा १ लाख ८६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत शुक्रबार सुनको भाउ तोलामा १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आइतबार चाँदीको मूल्य पनि उकालो लागेको छ । शुक्रबार तोलामा १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार ५५ रुपैयाँ बढेर तोलामा १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?