काठमाडौं । हङकङमा भइरहेको हङकङ टी२०आई सिरिजको फाइनलमा नेपालले कुवेत विरुद्ध पहिले बलिङ गर्दैछ ।
नेपालले टस जितेर बलिङ रोज्दै कुवेतलाई ब्याटिङको निम्तो दिएको हो ।
चार राष्ट्र सहभागि सिरिजमा शीर्ष दुईमा रहँदै नेपाल र कुवेत फाइनल पुगेको हो । नेपाल लिग चरणमा अपराजित रहँदै पहिलो भएको थियो र कुवेत दोस्रो भएको थियो । लिग चरणमा नेपालले कुवेतलाई पराजित गरेको थियो ।
आईसीसी टी२० विश्वकप छनोटको तयारीस्वरुप नेपालले यो सिरिज खेलेको हो । लिग चरणमा नेपालले कतार र कुवेतलाई पराजित गरेको थियो भने हङकङ विरुद्धको खेल वर्षाका कारण नतिजाविहिन बनेको थियो ।
 
                    










 २०८१ चैत  ३१ गते ११:२५
                        २०८१ चैत  ३१ गते ११:२५                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4