
३ वैशाख, काठमाडौं । चरा ठोक्किएरै नेपालमा ५ वटा विमान दुर्घटनामा परेको पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार १९९६ देखि २०१७ भित्र नेपालमा चरा ठोक्किएकै कारण ५ वटा विमान दुर्घटनामा परेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले संसद्मा प्रश्न दर्ता गरेर ‘नेपालमा चराहरु ठोक्किएर कति विमान दुर्घटना भएका छन् ?’ भनेर सोधेकी थिइन् ।
साथै, ती व्यवस्थापन गर्ने (विमानस्थलमा चरा ठोक्किन नसक्ने वा रोक्ने) प्रविधिहरू आएका छन् ? ती प्रविधिमा लगानी गर्नुपर्ने हो कि होइन ? कहिले गर्ने ? लगायतका प्रश्न उनका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले जवाफको विवरण संसद सचिवालयमा पठाएका छन् ।
जसमा चराका कारण दुर्घटना डाटा उल्लेख छ । जसमा १९९६, २०००, २०१२, २०१४ मा दुर्घटना भएको उल्लेख छ ।
प्रतिक्रिया 4