 
																			९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् ।
बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका हुन् ।
यसअघि परीक्षा बोर्डले तोकिएको समय पर्सि ११ गते नै परीक्षा गर्ने निर्णय गरेको थियो । तर सबै संयन्त्र प्रयोग गरेर भएपनि परीक्षा गर्ने तयारीमा बोर्ड थियो ।
प्रधानमन्त्री ओलीले स्थिति जटिल बनेको भन्दै परीक्षा सार्न निर्देशन दिएका हुन् ।
सोही अनुसार बोर्ड बैठक बसेर परीक्षा सार्ने तयारी छ । केहीबेरमा परीक्षा बोर्डले सूचना जारी गरेर जानकारी गराउँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4