१० वैशाख, काठमाडौं । बजारमा तिते करेलाको मूल्य घटेको छ । अघिल्लो महिना महँगोमा कारोबार भएको तिते करेलाको मूल्य अहिले क्रमशः घट्दो क्रममा रहेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बुधबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार तिते करेलाको थोक मूल्य प्रतिकिलो २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि ५ वैशाखमा तिते करेला प्रतिकिलो ५० देखि ४५ रुपैयाँमा कारोबार भएको थियो । यस्तै चैत दोस्रो साता तिते करेला प्रतिकिलो ९५ देखि १ सय रुपैयाँमा कारोबार भइरहेको थियो भने चैत पहिलो साता १ सय १० देखि १ सय ५ रुपैयाँमा कारोबार भइरहेको थियो ।
प्रतिक्रिया 4