+
+
Shares

मैदा उद्योग संघ र एग्रिवाच कम्पनीबीच सम्झौता

संघको २४औं वार्षिक साधारणसभामा उक्त सम्झौता भएको हो । एग्रिवाचले भूउपग्रह (स्याटेलाइट) प्रयोग गरी नेपालको कृषि क्षेत्रको पहिचान गर्ने सम्झौता भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १५ गते १५:५८

१५ वैशाख, काठमाडौं । नेपाल मैदा उद्योग संघ र भारतको एग्रिवाच कम्पनीबीच कृषि क्षेत्रमा सूचना प्रवाह, विश्लेषण र परामर्श सेवा प्रदान गर्न सम्झौता भएको छ ।

संघको २४औं वार्षिक साधारणसभामा उक्त सम्झौता भएको हो । एग्रिवाचले भूउपग्रह (स्याटेलाइट) प्रयोग गरी नेपालको कृषि क्षेत्रको पहिचान गर्ने सम्झौता भएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको उपस्थितिमा संघ अध्यक्ष कुमुद दुगड र एग्रिवाचका प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

संघका अनुसार नेपाल तीन वर्षभित्र गहुँमा आत्मनिर्भर हुन सक्छ । तर, त्यसका लागि सरकारले किसान लक्षित कार्यक्रम ल्याउन आवश्यक छ ।

सम्झौतबाट नेपालको कृषि बजार सूचना र विश्लेषण, अनुसन्धान र परामर्श, कृषि निवेश अध्ययन र सल्लाह, डिजिटल कृषि समाधानबारे एग्रिवाचले अद्यावधिक जानकारी प्रदान गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?