+
+
Shares

रेशम पक्राउ परेपछि प्रज्ञा प्रतिष्ठानमा सरकारविरुद्भ नाराबाजी (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८२ वैशाख १७ गते १३:४३

१७ वैशाख, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीको रिहाइको माग गर्दै उनका समर्थकहरुले नाराबाजी गरेका छन् । उनीहरुले सरकारविरुद्ध नाराबाजी गरेका छन् ।

जनमत पार्टीसँगको एकता घोषणा सभास्थल प्रज्ञा भवन कमलादीबाट रेशम चौधरीलाई प्रहरीले आज दिउँसो पक्राउ गरेर डिल्लीबजार कारागार पुर्‍याएको छ । उनी पक्राउ परेपछि एकता घोषणा सभा स्थगित भएको छ ।

उनी पक्राउ परेपछि कार्यकर्ताहरू प्रज्ञा प्रतिष्ठान परिसरमै नाराबाजी गरिरहेका छन् । उनीहरुले त्यहीँ ‘नश्लवादी सरकार मुर्दावाद’का नारा लगाइरहेका छन् ।

टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए । काठमाडौं प्रहरी परिसरका एक अधिकृतका अनुसार उनलाई फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको हो ।

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?