+
+
Shares

श्रेणीविहीन कर्मचारीको स्थायी पदपूर्ति गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १७ गते १३:५६

१७ वैशाख, काठमाडौं । श्रेणीविहीन तल्लो तहका कर्मचारीको स्थायी पदपूर्ति गर्दै लोक सेवा आयोगलाई ज्ञापनपत्र बुझाइएको छ ।

बुधबार आयोगको कार्यालय पुगेर आम जनता पार्टी (आजपा) का नेताहरूले यस्तो माग गर्दै ज्ञापन–पत्र बुझाएका हुन् ।

आजपाका नेताहरू ब्यानरसहित काठमाडौंको कमलपोखरीस्थित लोक सेवा आयोगको कार्यालय पुगेका थिए ।

कार्यालय पुगेर आजपाका नेताहरूले आयोगका अध्यक्ष माधवप्रसार रेग्मीलाई ज्ञापनपत्र बुझाउँदै यथाशीघ्र श्रेणीविहीन तल्लो तहका कर्मचारीको स्थायी पदपूर्तिका लागि विज्ञापन खुलाउन माग गरे ।

ज्ञापनपत्र बुझाउँदै आजपाका नेताहरूले यथाशीघ्र श्रेणीविहीन तल्लो तहका कर्मचारीको स्थायी पदपूर्तिका लागि विज्ञापन खुलाउन माग गरे ।

आफूहरूको माग यथाशीघ्र पूरा नगरे कडा सडक आन्दोलनमा उत्रिने आजपा प्रवक्ता चन्द्रभूषण साहको भनाइ छ ।

‘विगत लामो समयदेखि सवारी चालक, कार्यालय सहयोगी, सुरक्षागार्ड (पाले), माली, मेस्तर, हुलाकी, हलकारा, सरसफाइ कर्मचारी (स्विपर) जस्ता श्रेणीविहीन तल्लो तहमा काम गरिरहेका कर्मचारीहरूलाई स्थायी नगरिँदा उहाँहरूको ग्रेड (तह) वृद्धि तथा सेवानिवृत/पेन्सनको सुविधा वा लाभबाट बञ्चित भई दासत्वको जीवन बाँच्न बाध्य हुनुपरेको छ,’ आजपाले आयोगलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

लोक सेवा आयोगमा ज्ञापन बुझाउँदै आजपाले त्यसको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार र संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय, सिंहदरबारलाई समेत बुझाइएको साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?