+
+
Shares

विदेशको सिप र पूँजी स्वदेशको विकासमा लगाउनुस् : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा सीकेका ज्ञान, सीप, अनुभव र पुँजी प्रयोग गरेर स्वदेशको विकासमा योगदान गर्न आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १८ गते १६:०७

१८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा सीकेका ज्ञान, सीप, अनुभव र पुँजी प्रयोग गरेर स्वदेशको विकासमा योगदान गर्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘प्रवासमा नेपाली : सरकारको दायित्व र जनसम्पर्क समितिहरूको भूमिका’ विषयक कार्यक्रममा सभापति देउवाले देशको विकासमा सबैको योगदान आवश्यक रहेको बताए ।

त्यसका लागि आवश्यक नीतिगत परिवर्तनका लागि आफू तयार रहेको उनको भनाइ छ ।

‘विदेशमा हासिल गरेको ज्ञान, सीप, अनुभव र पुँजीलाई स्वदेशमा लगाएर देशको तीव्र आर्थिक सामाजिक विकास गराउन के कस्ता नीतिगत परिवर्तन गराउनुपर्नेछ, निर्धक्क भन्नुहोस्, राष्ट्रिय सहमति गराएर कार्यान्वयन गराउनेछौं,’ देउवाले भने ।

उनले नेपालमा लोकतन्त्र बचाउन विदेशमा रहेका शिक्षित, अनुभवी, परिश्रमी नागरिकको आवश्यक रहेको भन्दै उनले पार्टीलाई निरन्तर सघाउन आग्रह गरे ।

विश्वको जुनसुकै कुनामा रहे पनि नेपालीहरू प्रति सम्मान हुने वातावरण सिर्जना गर्नुपर्ने बताएका देउवाले विदेशमा रहेका नेपालीलाई सक्रिय बनाएर आइपरेका समस्या समाधान गर्न प्रयास गरिने विचार व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?