
१८ वैशाख, काठमाडौं । मकवानपुरमा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङको मिथलाजुङ गाउँपालिका-१ घर भई मकवानपुरको मकवानपुरगढी गाउँपालिका-७ सुकौरामा डेरी गरी बस्ने ३१ वर्षीय राम राई रहेका छन् ।
प्रहरीका अनुसार बिहीबार स्थानीय रामबहादुर मोक्तानको बारीमा रहेको रुख ढाल्ने क्रममा आफैंले ढालेको रुखले च्यापेर उनी घाइते भएका थिए ।
उनको उपचारको क्रममा मवानपुर सहकारी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4