
१९ वैशाख, काठमाडौं । सरकारले कृषि उद्यम परियोजनालाई नै धितो राखेर कृषि कर्जा दिने घोषणा गरेको छ । युवाहरूलाई कृषिमा आकर्षण गर्न सरकारले यस्तो घोषणा गरेको हो ।
संघीय संसद्को सयुंक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको जुनसुकै विद्यामा उद्यम गर्ने चाहनेलाई भुमि, कृषि सामग्री, बीमा, खरिद सम्झौतालाई बजारको इकोसिस्टम कायम गरिने बताएका छन् ।
कृषि उद्यम गर्नेलाई इकोसिस्टम प्रणलाीमा समेटेर पाइलट परियोजना सुरु गर्ने पनि उनले घोषणा गरे । यस्तै कृषिमा अग्रिम खरिद सम्झौता गरेर बजार सुनिश्चित गर्ने पनि नीति तथा कार्यक्रममा समावेश छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4