
१९ वैशाख, काठमाडौं । सरकारले इन्टर्नमा काम गर्ने विद्यार्थीलाई कार्यघण्टामा आधारित ज्याला प्रणाली लागु गर्ने घोषणा गरेको छ ।
आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले योगदानमा आधारित सामाजिक सुरक्षा अनिवार्य गर्ने समेत घोषणा गरे ।
श्रम अडिटका माध्यमबाट आधारभूत श्रम मापदण्ड लागु गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख छ । दक्ष जनशक्ति पलायन रोक्न प्रयास गरिने समेत उनले बताए ।
युवा रोजगारी सिर्जना गर्ने र आगामी दशकलाई आन्तरिक रोजगारी दशक घोषणा समेत उनले गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4