+
+
Shares

२० वर्षसम्म सर्पको विष लिएका व्यक्तिको रगतबाट सर्पदंशको औषधि तयार

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते १४:२८

अमेरिकामा एकजना व्यक्तिको रगतबाट सर्पदंशको औषधि (सर्पको विषलाई निस्तेज पार्ने औषधि) तयार पारिएको छ । टिम फ्राइड नामक ती व्यक्तिको रगतबाट एन्टिभेनम औषधि बनाइएको हो ।

फ्राइडले पछिल्लो २० वर्षमा २०० पटक आफ्नो सरीरमा सुईबाट सर्पको विष लिएका थिए । जसका कारण उनको रगतमा सर्पको विषलाई निस्तेज पार्ने क्षमता विकास भयो । अहिले उनको शरीरको त्यही विष प्रतिरोधी रगत प्रयोग गरेर सर्पदंशको औषधि बनाइएको छ ।

वैज्ञानिकहरुका अनुसार उनको रगतमा यस्ता एन्टीबडीहरु छन् जसले विभिन्न खालका विषालु सर्पबाट बचाउन सक्दछ । परीक्षणका क्रममा ती एन्टीबडीहरुले प्राणघातक विषबाट समेत बचाउन सक्ने पुष्टि भयो ।

बीबीसीका अनुसार हाल विद्यमान एन्टिभेनम औषधीहरुले केवल खास प्रकारका सर्पको विषमा मात्र काम गर्दछन् ।

तर, फ्राइडको २० वर्षको मिहिनेतबाट यस्तो एन्टिभेनम बनाउन सकिएको छ जसले सबै खालका सर्पले डस्दा उपचारमा प्रयोग गर्न सकिन्छ ।

टिम फ्राइडले विश्वका सबैभन्दा खतरनाक मम्बा, कोब्रा, टाइपन तथा करेट जस्ता सर्पको विषको ७०० भन्दा धेरै पटक इन्जेक्सन लगाए । उनी पहिले सर्पलाई समाउने बेला आफैंलाई बचाउनका लागि आफ्नो प्रतिरोधी क्षमता बढाउन चाहन्थे ।

ट्रक मेकानिक रहेका टिमका अनुसार एकपटक उनलाई कोब्रा सर्पले डसे । त्यसबेला उनी कोमामा गएका थिए । तर, उनले त्यो घटनाबाट हार मानेनन् । उनको उद्देश्य विश्वका अरु मानिसहरुका लागि सर्पदंशको उत्कृष्ट उपचारको विकास गर्नु थियो । त्यसैले उनी त्यसकै लागि प्रयास गरिरहे ।

एन्टिभेनम बनाउनका लागि अहिलेसम्म सर्पको विषयको सानो मात्रामा घोडा जस्ता जनावरमा इन्जेक्ट गरिन्छ । ती जीवको शरीरको रोग प्रतिरोधी प्रणालीले एन्टीबडी बनाएर विषसँग लड्छ ।

जनावरको सरीरका विकसित हुने तिनै एन्टीबडीलाई निकालेर सर्पदंशको उपचारका लागि मानिसमा प्रयोग गर्ने औषधि बनाइन्छ । तर, सर्पको विष र एन्टीभेनम औषधिको प्रकार मिल्नु आवश्यक हुन्छ । किनकि विषालु सर्पको विष सर्पको प्रजाती अनुसार फरक फरक हुन्छ । एउटै प्रजातीका सर्पमा पनि विषको प्रकार भिन्न भिन्न हुनसक्छ ।

रगतबाट एन्टिभेनम औषधि बनाएका शोधकर्ताहरुको टोलीले विशेष प्रकारको रोग प्रतिरोधी प्रणालीको खोजी सुरु गरे । जसलाई ब्रोडली न्युट्रलाइजिङ एन्टीबडीज भनिन्छ । त्यसक्रममा बायोटेक कम्पनी सेन्टिभ्याक्सका प्रमुख कार्यकारी अधिकृत डाक्टर ज्याकोब ग्लानभिलेले टिम फ्राइडका बारेमा थाहा पाए । उनी भन्छन् : मैलो सोचे कि यदि विश्वमा कुनै व्यक्तिले उक्त ब्रोडली न्युट्रलाइजिङ एन्टीबडीज विकसित गरेको छ भने त्यो टिम नै हो । अनि मैले उनीसँग सम्पर्क गरें । उनले मेरो प्रस्ताव स्वीकार गरे ।

शोधकर्ताहरु हाल फ्राइडको रगतका एन्टीबडीलाई अझै समृद्ध बनाउने कोसिस गरिरहेका छन् । उक्त एन्टबडीमा चौथो कम्पोनेन्ट जोड्दा इलापिड सर्पको विषबाट पनि सुरक्षा मिल्न सक्छ कि भन्ने उनीहरुको आशा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?