+
+
Shares

सलोनको ‘रंगी’ २६ बैशाखदेखि बेलायतमा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २१ गते १७:२७

काठमाडौं । सलोन बस्नेतले निर्माण गरेको फिल्म ‘रंगी’ बेलायतका हलमा रिलिज हुने भएको छ । २६ बैशाख (मे ९) देखि लण्डनका २७ हलबाट फिल्म प्रदर्शनमा आउने निर्माताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महारानी प्रोडक्सनका विक्रम जोशीले फिल्मलाई त्यहाँ रिलिज गर्न लागेका हुन् । बेलायतमा यो फिल्मले प्रदर्शन अनुमति पाइसकेको जनाइएको छ । यो फिल्मले त्यहाँ ‘प्यारेन्टल गाइड’ प्रमाणपत्र पाएको छ ।

यसअघि यो फिल्म अस्ट्रेलियामा पनि रिलिज भैसकेको छ । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्मले बाबुछोरीबीचको भावनात्मक सम्बन्धको कथा पेश गर्छ । सुरेश न्यौपानेको निर्देशन रहेको यो फिल्ममा बस्नेतसहित नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकालको अभिनय छ । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमले फिल्म निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?