+

गोदावरी मेयर कपमा काठमाडौ र ललितपुर महानगरको जित

२०८२ वैशाख  २२ गते २३:२१ २०८२ वैशाख २२ गते २३:२१
गोदावरी मेयर कपमा काठमाडौ र ललितपुर महानगरको जित

२२ बैशाख, ललितपुर । दोस्रो उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले सोमबार विजयी सुरुवात गरेका छन् ।

यस्तै अर्को खेलमा दक्षिणकाली नगरपालिकाले कागेश्वरी मनोहरा नगरपालिकालाई हराएको छ ।

सोमबार एकै दिन तीन फरक मैदानमा खेल खेलाइएको छ ।

वर्षाका कारण गोदावरी १० स्थित गोदावरी बहुउदेश्यीय रंगशालामा आइतबार स्थगित भएको खेल सोमबार च्यासल मैदानमा खेलाईएको थियो ।

विहानको सो खेलमा ललितपुर महानगरपालिकाले बाग्मती गाउँपालिकालाई ७–३ गोल अन्तरले हराएको छ ।

ललितपुरका लागि राफिल मर्हजन र निरज मर्हजनले २–२ गोल गर्दा सनि ब्यन्जनकार, विशाल बानियाँ र नवीन कर्माचार्यले थप एक एक गोल गरे ।

यो खेलसँगै समूह ए बाट गोदावरी नगरपालिका र ललितपुर महानगरपालिकाले ३–३ अंक बटुलेका छन् भने बाग्मती गाउँपालिका र महालक्ष्मी नगरपालिकाले कुनै अंक जोडेका छैन ।

सोमबारै एन्फा कम्पेल्स सम्पन्न खेलमा काठमाडौं महानगरपालिकाले चाँगुनारायण नगरपालिकालाई ५–० को फराकिलो अन्तरले हरायो ।

डिफेन्डिङ च्याम्पियन काठमाडौंको जितमा राज पौडेलले २ गोल गरे भने अखिलेष कार्की, सरोज तामाङ र विराज मर्हजनले १–१ गोल गरे । यस खेल गोदावरी बहुउदेश्य रंगशालामा खेलाउने तयारी भइरहँदा अकस्मात फेरी वर्षा भएपछि खेललाई सातदोबाटोको मैदानमा सारिएको आयोजकले जनाएको छ ।

अब काठमाडौं र चाँगुनारायणले मध्यपुर ठिमीसँग खेल्न बाँकी छ ।

गोदावरी बहुउदेश्यीय रंगशालामा सोमबार सम्पन्न भएको एक मात्र खेलमा दक्षिणकाली नगरपालिकाले कागेश्वरी मनोहरा नगरपालिकालाई ५–० ले नै पराजित गर्‍यो ।

दक्षिणकालीका लागि अमित तामाङले ह्याट्रिक  गरे । यस्तै नवीन कर्माचार्यले एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।

अब दक्षिणकाली र कागेश्वरीले चन्द्रागिरी नगरपालिकासँग खेल्न बाँकी छ ।

आगामी जेठ ३ गतेसम्म चल्ने प्रतियोगितामा उपत्यकाभित्रका १३ वटा पालिकाको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टिमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपियाँसहित ट्रफि पुरस्कार प्रदान गरिनेछ । यस्तै अनुशासित टिमलाई ५० हजार, उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिनेछ ।

काठमाडौं महानगरपालिका गोदावरी मेयर कप फुटबल ललितपुर महानगरपालिका

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय