
काठमाडौं । पपस्टार रिहानाले ‘मेट गाला २०२५’मा सरप्राइज दिएकी छन् । उनले तेस्रो बच्चाको आमा बन्न लागेको जानकारी दिँदा विश्व मनोरञ्जन जगत पुनः तरंगित बन्यो ।
उनी मेट गालाको रेडकार्पेटमा बच्चाका पिता असाप रक्कीसहित प्रस्तुत भइन् । उनको ‘बेबी बम्प’ले सिंगो मेट गालाको ध्यानाकृष्ट गर्यो । उनी बेबी बम्पमा स्टाइलिस देखिएकी थिइन् ।
रिहानाको लागि प्रत्येक वर्षको मेटगाला खास हुनेगर्छ । न्यूयोर्कको मेट्रोपोलिटन म्युजियम अफ आर्टको च्यारिटीको लागि हरेक वर्षको मे ५ मा मेट गाला आयोजना हुन्छ ।
यसवर्ष मोनिका एल मिलरको पुस्तक ‘स्लेभ्स टु फेसन : ब्ल्याक ड्यान्डिज्म एन्ड द स्टाइलिङ अफ ब्ल्याक डायस्पोरिक आइडेन्टिटी’बाट प्रेरित भएर ‘सुपरफाइन : टेलरिङ ब्ल्याक स्टाइल’ को थिम तयार पारिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4