
२३ वैशाख, काठमाडौं । संघीय संसद्मा आज पनि नीति तथा कार्यक्रममाथि छलफल जारी रहने छ ।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । राष्ट्रिय सभाको बैठक सवा १२ बजे बस्दैछ ।
राष्ट्रिय सभामा सोमबार २२ जना सांसदले नीति तथा कार्यक्रममाथि सुझाव राखेका थिए । बाँकीले आज राख्नेछन् ।
राष्ट्रिय सभाको क्यालेन्डर अनुसार प्रधानमन्त्रीले आजै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनेछन् । तर, यो विषय अन्तिममा हेरफेर समेत हुन सक्ने संसद सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4