
२३ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद ठाकुर गैरेले प्रधानमन्त्री केपी शर्मा ओलीले टियु क्रिकेट रंगशाला निर्माणमा लिएको पहलको प्रसंसा गरेका छन् ।
मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले क्रिकेट रंगशाला निर्माणबारे प्रधानमन्त्रीले लिएको पहल स्मरण गरे । ‘हिजो संसद् सकिएर घर गएपछि न्युज हेर्दा क्रिकेट रंगशालाको बारेमा सम्माननीय प्रधानमन्त्रीज्युले गर्नुभएको पहलकदमीको समाचार सुनें’, सांसद गैरेले भने ।
परियोजना समयमा सम्पन्न गर्ने र त्यसमा सुशासन कायम गर्ने विषय धेरै महत्वपूर्ण कुरा भएको उनले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गर्दा ३00 दिनभित्र क्रिकेट रंगशाला बनाउने काम सम्पन्न गर्ने निर्णय गरेका थिए । ‘त्यो अवधि सकिनु दुई दिन अगाडि उहाँले परियोजना किन सम्पन्न भएन ? अब कति समय लाग्छ भन्ने कुराको व्यापक छलफलपछि दुई महिनाभित्र सम्पन्न गर्ने गरी काम गर्ने निर्णय भएको छ । यो सकारात्मक सन्देश हो’ सांसद गैरेले भने ।
अबको दुई महिनाभित्र सम्पन्न हुन सके ज्यादै राम्रो हुने सांसद गैरेको आग्रह छ ।
प्रतिक्रिया 4