+
+
Shares

दुगड ब्रदर्स एन्ड सन्ससहित ४ उद्योगलाई ७ लाख ५ हजार जरिबाना

अनुगमन क्रममा विभागले काठमाडौं महानगरपालिका–१६ बालाजुको दुगड ब्रदर्स एन्ड सन्सलाई ३ लाख रुपैयाँ जरिबाना तिराएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २३ गते १२:५२
प्रतीकात्मक तस्वीर

२३ वैशाख, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार ३ उद्योग तथा फर्मलाई ७ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले सोमबार १४ उद्योग तथा फर्म अनुगमन गरेको थियो ।

अनुगमन क्रममा विभागले काठमाडौं महानगरपालिका–१६ बालाजुको दुगड ब्रदर्स एन्ड सन्सलाई ३ लाख रुपैयाँ जरिबाना तिराएको छ । उक्त अटो उद्योगले आफ्ना उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

यस्तै विभागको अनुगमन टोलीले बालाजुकै मोडर्न स्लिपर इन्डस्ट्रीलाई पनि २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको छ । उक्त जुत्ताचप्पल उद्योगले आफ्ना उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

यसैगरी काठमाडौ महानगरपालिका–३२ मा रहेको स्मार्ट एप्लाइन्सेस प्रालि पनि कारबाहीमा परेको छ । उक्त इलेक्ट्रोनिक्स पसललाई दर्ता प्रमाणपत्र र मूल्यसूची नराखेको भन्दै १ लाख रुपैयाँ जरिबाना तिराइएको छ । उक्त इलेक्ट्रोनिक्स पसललाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ट) बमोजिमको कसुर र सोही ऐनको दफा ३९ को १ (घ) बमोजिम जरिबाना तिराइएको हो ।

विभागको अनुगमन टोलीले काठमाडौं महानगरपालिका–२२ मा रहेको लेबल्स स्टोर प्रालिलाई पनि १ लाख रुपैयाँ जरिबाना तिराएको छ । उक्त जुत्ताचप्पल उद्योगले आफ्ना उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

पछिल्लो समय विभागले अत्यावश्यक वस्तुमा उपभोक्ता ठगिन नदिन अनुगमन तीव्र पारेको जनाएको छ । कालोबजारी, कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रणमा राख्ने गरी बजार अनुगमन गरिएको विभागको भनाइ छ ।

विभागले आइतबार पनि ४ उद्योग तथा फर्मलाई ६ लाख २५ हजार रुपैयाँ जरिबाना तिराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?