+
+
Shares

नीति तथा कार्यक्रम १२ वर्षदेखि सुन्दै छु, सधैं कर्मकाण्डी छ : स्वर्णिम वाग्ले

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २३ गते १२:५०
फाइल तस्वीर

२३ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले ‘उपादयता धेरै नभए पनि परम्परा धान्ने’ काम नीति तथा कार्यक्रमले गरेको टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले आफूले विगत १२ वर्षदेखि नीति तथा कार्यक्रम सुन्दै आएको बताए । ‘यो मैले १२ वर्षदेखि चाल लिएर सुन्दै आएको कुरा हो । जो कर्मकाण्डमै सीमित छ,’ उनले भने ।

निरन्तरतामा क्रमभंगता गर्न सक्दा मात्रै नीति तथा कार्यक्रमको उपादयता हुने उनले बताए । यस वर्षको नीति तथा कार्यक्रम सुनिसकेपछि आफूले ‘थाकेको सरकारले जाँगर नल्याइ ल्याएको पूरानै कार्यसूची’ भनेर प्रतिक्रिया दिएको स्मरण गरे ।

यसको कारण खोतल्दा पनि नीति तथा कार्यक्रमको उपादयता नभेटिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?