
फाइल तस्वीर
२३ वैशाख, काठमाडौं । पूर्वमन्त्री प्रदीप नेपालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।
थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेपाललाई आईसीयूमा राखेर उपचार गरिंदैछ । अस्पताल प्रशासनका अनुसार उनको अवस्था गम्भीर छ ।
‘उहाँलाई पहिला पनि मष्तिष्कघात भएको थियो र अहिले पार्किन्सनको उपचार गराइरहनुभएको उहाँलाई आईसीयूमा क्रिटीकल केयरमा उपचार भइरहेको छ, अवस्था गम्भीर छ,’ उपचारमा संलग्न एक चिकित्सकले अनलाइनखबरसँग भने ।
नेकपा एमालेका नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित छन् । केही वर्षदेखि उनी राजनीतिक गतिविधिमा निष्क्रिय थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4