+
+
Shares

पाटनको छायांकन सेटमा देखिए हलिउड स्टार टम हिडल्ट्सन

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २४ गते १५:१७

काठमाडौं । यतिबेला नेपालका विभिन्न थलोमा हलिउड फिल्म ‘टासी’को छायांकन भैरहेको छ । यसैसाता ललितपुरको पाटनमा फिल्मको महत्वपूर्ण दृश्य सुटिङ गरियो ।

पाटनको छायांकन सेटबाट प्राप्त भिडियो र तस्वीरमा क्यारेक्टर लुक्स र सेटिङ देखिन्छ । नेपालको पुरानो वेभभुसा, खर्पन राखेर तयार पारिएको हाट बजार, भरिया लगायतको प्रप्सबाट यो फिल्मको सेटिङ बुझ्न सकिन्छ ।

पाटनको छायांकन सेटबाट फिल्मको एक्सक्लुसिभ तस्वीर प्राप्त भएको छ जहाँ हलिउड स्टार टम हिडल्ट्सनलाई देख्न सकिन्छ । उनी पूर्णतः क्यारेक्टर लुक्समा देखिएका छन् । यो फिल्ममा हिडल्ट्सनले पहिलो सगरमाथा आरोही एडमण्ड हिलारीको भूमिका निर्वाह गरेका छन् ।

केही दिनअघि अर्का अभिनेता विलियम डफो पनि बौद्ध स्तुपाअघि फ्यानसँग देखिएका थिए । यो फिल्मलाई काठमाडौंसहित सिन्धुपाल्चोक, सोलु खुम्जुङ र बन्दीपुरमा छायांकनको तयारी छ । यो फिल्मले पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको कथा भन्छ । यो फिल्मको निर्माण चाहिँ अस्कर विजेता फिल्म ‘द किङ्स स्पिच’को निर्माता कम्पनी सी–स फिल्म्सले गर्दैछ ।

अहिले ३०० भन्दा बढी क्रूसहित यो हलिउड टोली नेपालमा । यो फिल्मलाई एप्पल कम्पनीले विश्वब्यापी वितरण गर्दैछ । ‘शेर्पा’ र ‘माउण्टेन’जस्ता चर्चित डकुमेन्ट्री निर्देशन गरेकी जेनिफर पिडमले यो फिल्मको निर्देशन गरिरहेकी छन् ।

तस्वीर : सुशन शाक्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?