+
+
Shares

ललितपुर महानगर र चैनपुर नगरपालिकाबीच भगिनी सम्बन्ध कायम

चैनपुर पुगेका ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र चैनपुर नगरपालिका प्रमुख कृष्णकुमार तामाङले भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २५ गते १८:०२

२५ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिका र संखुवासभा जिल्लाको चैनपुर नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।

आफ्नो प्रतिनिधिमण्डल सहित चैनपुर पुगेका ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र चैनपुर नगरपालिका प्रमुख कृष्णकुमार तामाङले भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर गरे ।

महानगर टोलीमा प्रवक्ता एवं वडा नम्बर ९ अध्यक्ष राजु महर्जन, वडा नम्बर १ अध्यक्ष निर्मल तण्डुकार, महानगरका वरिष्ठ अधिकृत सागर थापा, वडा नम्बर ११ का सदस्य जुबन तण्डुकार र वडा नम्बर १८ का सदस्य रुक्मिणी महर्जन छन् ।

संखुवासभाको दक्षिण क्षेत्रमा अवस्थित प्राचीन, ऐतिहासिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण केन्द्रका रूपमा चैनपुर नगरपालिका रहेको छ ।

११ वटा वडामा विभाजित कोशी प्रदेशमा अवस्थित चैनपुर नगरपालिकामा २०६८ को राष्ट्रिय जनगणना बमोजिम २८ हजार ७४ जनसंख्या छ ।

भगिनी सम्बन्धपछि दुवै पालिकाका असल अभ्यास आदान–प्रदान गर्न सहज हुने बताउँदै ललितपुर महानगर प्रमुख महर्जनले भगिनी सम्बध अत्यन्तै महत्त्वपूर्ण भएको बताउँदै यसले दुःखसुख साटासाट गर्ने बताए ।

‘अब हामी एकै परिवारको भयौं । ललितपुर र चैनपुर दुरीका हिसाबले टाढा भए पनि आत्मीय भयौं, मन मिल्यो,’ उनले भने ।

अन्य सहरसँग भगिनी सम्बध कायम गरेको बताउँदै महर्जनले भगिनी सम्बन्ध कायम भएका पालिकालाई योजना दिएको बताए ।

चैनपुर नगरपालिका प्रमुख तामाङले महानगर प्रमुख महर्जन आफ्नो प्रतिनिधि मण्डलसहित भगिनी सम्बन्ध कायम गर्न चैनपुर आएकोमा खुसी व्यक्त गरे ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएको ललितपुर महानगरबाट चैनपुरले धेरै कुरा सिक्न सक्ने उनको भनाइ थियो । नगरपालिका उपप्रमुख एलिना श्रेष्ठले भगिनी सम्बन्धले चैनपुरको विकासलाई थप उचाइ दिने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?