
मुम्बई । यतिबेला अभिनेत्री प्रियंका कार्कीको परिवारै गर्मी बिदा मनाउन मलेसियामा छ । उनीहरू मलेसियाको क्वान्टानस्थित पुतेह समुन्द्री तटमा रमाउँदै गर्मी छलिरहेका छन् ।
प्रियंका छोरी आयन्का, श्रीमान आयुष्मान, देवर आशिरमान, सासु रविना र ससुरा स्टुआर्ट चापम्यानसँग गर्मी बिदामा रमाइरहेकी छिन् । सासु रविनाले परिवारसँग पुतेह बीचमा रमाइलो गर्दै गरेका तस्वीर सामाजिक संजालमा सार्वजनिक गरेकी छन् ।
‘केवल माया, मुस्कान, हाँसो र प्रशस्तै रमाइला स्मृतिहरू’ रविनाले रेड हार्ट इमोजसहितका तस्वीर इन्स्टाग्राममा सार्वजनिक गरेकी छन् । आयन्का पनि परिवारसँग रमाउँदै गर्दा क्युट देखिएकी छन् । तस्वीर हेर्दा सासु र बुहारीको बन्डिङमा पनि गजब देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4