
२६ वैशाख, काठमाडौं । विद्यालय कर्मचारीहरूले आन्दोलन जारी राखेका छन् । हातमा कालोपट्टी बाँधेर कर्मचारीहरूले काम गरिरहेको विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगारम तिवारीले जानकारी दिए ।
‘आन्दोलन जारी छ । जेठ २ गतेसम्म कालोपट्टी बाँधेर आन्दोलन गर्छौं,’ उनले भने, ‘वरिष्ठ उपाध्यक्ष प्रदीप श्रेष्ठ, महासचिव शान्तिराम योगी र मैले माग सम्बोधन गर्न मन्त्रालयसँग पहल गरिरहेका छौं ।’
गत १७ वैशाखमा सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको थियो । त्यसमा कर्मचारीले विरोध जनाएका थिए ।
‘लेखापालको मासिक तलब खरदारसहर ३२ हजार ९ सय २ रुपैयाँ र विद्यालयको कार्यालय सहयोगीको २६ हजार ८२ रुपैयाँ बनाउने भनेर महासंघसँग हाम्रो सहमति थियो तर सरकारसँग सम्झौता हुँदा तोकिएबमोजिम भनेर आयो । तोकिएबमोजिम भनेको कति हो ?,’ परिषद्का अध्यक्ष तिवारीले भने, ‘ऐन बनेर नियमावली बनेर आउने रे । त्यो पनि कहिले बन्ने हो ? २०८३ मा ऐन आउला, नियमावली आउला । त्यतिबेलासम्म के खाने ? कर्मचारी चाहिँ भोकै मर्ने ?’
प्रतिक्रिया 4