+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

फिल्म ‘राजकुमारी’ निर्माणको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २६ गते २०:३६

काठमाडौं । कथानक फिल्म ‘राजकुमारी’को औपचारिक निर्माण घोषणा गरिएको छ । निर्माताले शुक्रबार यसबारे जानकारी दिँदै झण्डै ५ करोडको लगानीमा फिल्म बन्ने जनाएका हुन् ।

निर्माताले फिल्मको शीर्षक सार्वजनिक गर्दै प्रेम, संघर्ष र साहसको कथावस्तुमा फिल्म बन्ने जनाएका हुन् । लेखन तथा निर्देशन पुराना निर्देशक रिम विश्वकर्माले गर्दैछन् ।

निर्देशक विश्वकर्माले यो फिल्मलाई ‘ड्रिम प्रोजेक्ट’को रुपमा लिएको बताए । उनले भने, ‘मैले यसअघि पनि केही चलचित्र बनाएको थिएँ, तर यो प्रोजेक्ट मेरो लागि डेब्यु निर्देशन जस्तै हुनेछ ।’

रेडलाइन्स फिल्म प्रालिकोे ब्यानरमा निर्माण हुने यस फिल्म पीबी थापाले निर्माण गर्दैछन् । निर्माता थापाले यो फिल्मको कथा र यसले उठान गर्ने विषयप्रति गहिरो रुपमा प्रभावित भएका कारण लगानी गर्न तयार भएको जनाए ।

थापाले भने, ‘नेपाली दर्शकले पहिलोपटक फरक स्वादको एक गहिरो प्रेमकथा अनुभव गर्नेछन् ।’ फिल्मको मुख्य पात्र राजकुमारीको भूमिकाका लागि कास्टिङ हुन बाँकी छ ।

भदौदेखि छायांकन हुने जनाइएको फिल्मको अहिले प्रि–प्रोडक्सन भैरहेको छ । निर्देशक विश्वकर्माको अर्को फिल्म ‘हेल्लो काँशीराम’ जेठ २ गतेदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ । काठमाडौं, मुस्ताङ, पोखरा लगायतका क्षेत्रमा छायांकन हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?