
२७ वैशाख, काठमाडौं । रातो मच्छिन्द्रनाथ रथ जात्राअन्तर्गत शनिबार महिलाहरुले रथ तानेका छन् ।
उनीहरुले शनिबार ललितपुरको लगनखेलस्थित थतिटोलमा रहेको रथ तानेका हुन् ।
मच्छिन्द्रनाथलाई पाटन परिक्रमा गराउँदा गराउँदै हराएको र एक जना महिलासँग रहेको पत्ता लागेपछि उनलाई पूजा गरी फर्काएको स्मरणमा एक दिन महिलाले मात्रै रथ तान्ने परम्परा छ ।
महिलाहरुले रथ तान्नुभन्दा अघिल्लो दिन शुक्रबार रथको टुप्पोबाट नरिवल खसाइएको थियो ।
अबको केही दिनपछि ज्योतिषीले रातो मच्छिन्द्रनाथलाई जावलाखेल लैजाने साइत हेर्ने परम्परा छ ।
मणिमण्डपस्थित सोह्रखुट्टे पाटीमा बसी मच्छिन्द्रनाथका ज्योतिषीले जावलाखेल लैजाने साइत निकाल्ने गर्छन् ।
साइतका आधारमा रथलाई तानेर जावलाखेल पुर्याइको चार दिनपछि भोटो जात्रा मनाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4