+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

राजावादीलाई प्रचण्डको चेतावनी– जेठ १५ मा आन्दोलनको दुस्साहस नगर्नू

‘सुनारको सय चोट, लोहारको एकै चोट भनेजस्तो एक चोट हामीले हानेपछि उनीहरूको बेलुन फुटेको छ,’ प्रचण्डले चेतावनी दिँदै भनेका छन्, ‘अहिले फेरि अर्को बेलुनमा हावा भर्ने रे जेठ १५ गतेदेखि । खबरदार, त्यो हुनेवाला छैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १५:०१
फाइल तस्वीर

२८ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चैत १५ गते राजावादीहरूको एउटा बेलुन फुटिसकेको भन्दै जेठ १५ गते अर्को बेलुनमा हावा भर्ने दुस्साहस नगर्न चेतावनी दिएका छन् ।

किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले ‘खबरदार’ भन्दै राजावादीहरूलाई आन्दोलनमा नउत्रन चेतावनी दिएका हुन् ।

राजसंस्था पुनस्र्थापना र हिन्दुराज्यसहितका माग राख्दै संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते काठमाडौंमा आन्दोलन गर्ने कार्यक्रम तय गरेको छ । आजै मात्रै समितिले बैठक बसेर आन्दोलनका कार्यक्रमहरू तय गरेको छ ।

‘सुनारको सय चोट, लोहारको एकै चोट भनेजस्तो एक चोट हामीले हानेपछि उनीहरूको बेलुन फुटेको छ,’ प्रचण्डले चेतावनी दिँदै भनेका छन्, ‘अहिले फेरि अर्को बेलुनमा हावा भर्ने रे जेठ १५ गतेदेखि । खबरदार, त्यो हुनेवाला छैन ।’

साथै, प्रचण्डले नेपालका उत्पीडित, वर्ग, जाती, क्षेत्र समुदाय, जो पहिचान र अधिकारको चेतनाद्वारा जागेको र कसैले पनि जागेको शक्तिलाई रोक्न नसक्ने भनाइ राखे ।

‘नेपालका उत्पीडित, वर्ग, जाती, क्षेत्र समुदाय, जो पहिचान र अधिकारको चेतनाद्वारा जागेका छन्, जागेका जनतालाई कुनै शक्तिले पनि रोक्न सक्ने छैन । नेपाली जनता विजयी हुनेछन् । त्यो दुस्साहस नगर्न चेतावनी दिन चाहन्छु, कथित राजावादीहरूलाई,’ प्रचण्डको चेतावनी छ ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनले राजावादीहरू अझै उस्तै हत्यातर्फ नै उद्धत देखिएको प्रचण्डको आरोप थियो ।

‘तीनकुनेमा एउटा वितण्डा देखियो राजावादीहरूको । मैले त त्यतिबेलै भने १२ वर्ष कुकुरको पुच्छर ढुंग्रामा राखेपनि बांगाको बांगै भनेको जस्तो । ती हत्यारा, मण्डले गुण्डाहरू अहिले पनि उही मण्डले गुण्डागर्दी हत्या, आतंकमा नै गए । त्यसकारण जनतालाई छर्लंग भयो,’ प्रचण्डले भनेका छन्, ‘देशभरी के हो राजावादीको कथित आन्दोलन भनेको के हो ? माओवादी लगायत समाजवादीहरूले गणतन्त्र र समाजवादको पक्षमा जाने भएको के हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?